दफा ८०
जानकारी माग गर्न सक्ने
(१) पैठारीकर्ताले आफूले पैठारी गरेको मालवस्तुको भन्सार मूल्य निर्धारण गर्न भन्सार कार्यालयले अवलम्बन गरेको आधारका सम्बन्धमा सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिई जानकारी माग गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन परेकोमा सो कार्यालयले निजलाई त्यस्तो जानकारी सात दिनभित्र दिनु पर्नेछ ।